
नागरिक अगुवा डाक्टर सुन्दरमणि दीक्षितले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने नेतृत्वको खाँचो रहेको बताएका छन् । काठमाडौमा बुधबार आयोजित कार्यक्रममा उनले मुलुकमा मधेस तराई र पहाडलाई एकीकृत गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्षम नेतृत्व महन्थ ठाकुर भएको भन्दै उनलाई प्रधानमन्त्री बनाएर मानेर मुलुकलाई निकास दिनुपर्ने बताए । नेपाली कांग्रेस सरकारमा जाने नभई पार्टीलाई मजबुत बनाएर जानुपर्ने तर्क उनले गरे ।
नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले वर्तमान समयमा नेता र नेतृत्वको संकट देखा परेको बताए । नेतृत्वले पार्टी भित्रको अन्तरविरोध समाधान गर्नसक्नुपर्नेमा त्यसो हुन नसकेका कारण मुलुक संकटमा परेको बताए । पार्टी विभाजन हुनु दुखद कुरा भएको भन्दै उनले पार्टीभित्र उत्पन्न अन्तरविरोधहरुलाई जिम्मेबार नेताले समाधान गर्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले आवश्यकता परे नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताए ।
