
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिबार बोलाएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी हुने भएका छन् । ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
उनले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरू पनि भोलिको बैठकमा उपस्थित हुनुपर्नेमा जोड दिए । गौतमले बैठकबाटै समस्या समाधान गर्नुपर्ने बताए ।
गौतम विहीबार बोलाइएको संसदीय दलको बैठकमा भने सहभागीभएका थिएनन् ।
