नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ चैत ।
अमेरिकी राष्ट्रपति जो वाइडेनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा उनी एयरक्राफ्टको सिँढी चढ्दै गर्दा तीनपटक लड्खडाएको देखिएको छ। यद्यपि, उनलाई कुनै चोटपटक नलागेको ह्वाइट हाउसले जनाएको छ।
सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरुले ७८ वर्षीय वाइडेनको स्वास्थ्य अवस्था ठिक नभएको बताएका छन्। तर, ह्वाइट हाउसले भने यसको खण्डन गर्दै वाइडेन हावाको झोकाले लड्खडाएको जानकारी दिएको छ।
‘राष्ट्रपति १०० प्रतिशत स्वास्थ छन्। सिँढीमा गलत पाइला पर्दा उहाँ लड्खडाउनु भएको हो। त्यस समय हावाको बेग पनि उच्च थियो,’ ह्वाइट हाउसले भनेको छ। ह्वाइट हाउसका अनुसार राष्ट्रपति वाइडेन शुक्रबार एट्लान्टा गएका थिए। उनले त्यहाँ एसियन–अमेरिकन सांसदहरुसँग भेट गरेका थिए।
President Joe Biden trips climbing the stairs to Air Force 1 pic.twitter.com/x8UD7q0a48
— The Hill (@thehill) March 19, 2021