भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा ‘नयाँ निर्देशन’ जारी

भारतमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नेपालमा पनि त्यस्तो हुनसक्ने जोखिमकाबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिड हुने काम नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

मन्त्रालयले देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र काम नगर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा साबुन पानीले हात धुन आ‍इतबार विज्ञप्तिमार्फत् अनुरोध गरेको छ।



भारतमा पछिल्लो चार महिनामा सबैभन्दा धेरै दैनिक सङ्क्रमण शनिबार पुष्टि भएको थियो। शनिबार त्यहाँ ४० हजार ९५३ जना संक्रमित भएको पुष्टि भएको थियो।

नेपालमा सत्तारूढ दलभित्र देखिएको अन्तरकलह र त्यसले पारेको राजनीतिक प्रभावका कारण दैनिकजसो भिडभाडयुक्त जमघट हुने गरेका छन्।

सम्बन्धित समाचार