बाइडेनलाई चुनौती दिँदै उत्तर कोरियाले प्रहार गर्‍यो छोटो दुरीका मिसाइल

उत्तर कोरियाले हालै कम दुरीको मिसाइल परीक्षण गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएको छ। केही दिन अघि भएको उक्त मिसाइल परीक्षण जो बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि पहिलोपटक भएको बताइएको छ।

वासिङ्टन पोस्टले यस विषयको समाचार सबैभन्दा पहिलोपटक सार्वजनिक गरेको थियो। छोटो दुरीका धेरै मिसाइलहरु परीक्षण गरिएको वासिङ्टन पोस्टले जनाएको छ। उसले यो बाइडेन प्रशासनका लागि चुनौतीसमेत भएको जनाएको छ। अमेरिकी सुरक्षा प्रशासनले पनि यसलाई सैनिक गतिविधिका रुपमा पुष्टि गरेको अमेरिकी सञ्चारमाध्यमहरुको दाबी रह्यो।



‘यो उत्तर कोरियाले गर्ने सामान्य परीक्षणको निरन्तरता हो,’ अमेरिकी प्रशासनका उच्च अधिकारीलाई उद्धृत गर्दै भ्वाइस अफ अमेरिकाले जनाएको छ। तर उत्तर कोरियाले कस्तो किसिमको मिसाइल परीक्षण गर्‍यो, कति दुरी सम्म उक्त मिसाइल पुग्यो भन्ने कुरा खुलाइएको छैन।

उत्तर सम्बन्धी विशेषज्ञहरुले यहाँका नेता किम जोङ उन चाँडै नै लामो दुरीका मिसाइल प्रक्षेपणको तयारीमा रहेको बताएका छन्।

सम्बन्धित समाचार