नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ चैत ।
भारतमा थप १ लाख ३ हजार ७९३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।
यसअघि चैत्र २२ मा भारतमा यो वर्षको दोस्रो धेरै ९२ हजार ९९८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९२० पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १६ लाख ७९ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ४२ हजार ८३० छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १३२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४७७ जनाको मृत्यु भएको छ ।