नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एएनआइका अनुसार थप १ लाख ३१ हजार ९६८ जनामा संक्रमण देखिएको हो। तेस्रो दिन लगातार भारतमा १ लाख भन्दा बढीमा संक्रमण देखिएको हो।
यो हप्ता चौथौपटक एकैदिन १ लाखभन्दा बढीमा संक्रमण देखिएको हो। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३० लाख ६० हजार ५४२ पुगेको छ।
यस्तै, शुक्रवार बिहानसम्म थप ७४० जनाको संक्रमणका कारण मृत्यु भएको छ। भारतमा हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६४२ पुगेको छ। हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ९ लाख ७९ हजार ६०८ पुगेको छ।