नवकान्तिपुर संवाददाता
काठमाडौं, १ वैशाख ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ। उनले बुधबार ट्विटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
लक्षण देखिएपछि कोरोनो परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन्। उनी अहिले चिकित्सकको परामर्शमा अहिले सेल्फ आइसोलेसनमा बसेको बताएका छन्।
‘सुरूआतमा लक्षण देखेपछि मैले कोरोना परीक्षण गराएँ र रिपोर्ट पोजिटिभ आयो। म अहिले सेल्फ आइसोलेसनमा छु र चिकित्सकको परामर्शको पूर्ण रूपमा पालना गर्दैछु। सबै काम भर्चुअल गर्दैछु,’ उनले ट्विटरमा लेखेका छन्।
मुख्यमन्त्रीका सबै काम भर्चुअल रूपमै सञ्चालन भइरहेको उनले बताए। भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको छ। त्यहाँ दैनिक डेढ लाख बढी मानिसमा संक्रमण पुष्टि भइरहेको छ।