नेपालमा कोराना संक्रमण बढेपछि जापानी कम्पनीद्वारा माक्स सहयोग

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण बढेसँगै पोखरामा जापनिज कम्पनीले माक्स उपहार स्वरूप प्रदान गरेको छ । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ३५ हजार थान मास्क प्रदान गरेको हो ।

पोखरा महानगरपालिकामा आयोजित एक कार्यक्रममार्फत कम्पनीका अध्यक्ष शोगो अदाचीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई उक्त मास्क हस्तान्तरण गरेका हुन् । नेपालमा जापानिज भाषा कक्षा सञ्चालन गरिरहेको मेइहोकु ट्रेनिङ कम्पनीले पोखरा महानगरपालिकालाई करिब १७ लाख रुपैयाँ बराबरको ३५ हजार थान मास्क उपलब्ध गराएको मेइहोकुका अध्यक्ष अदाचीले जानकारी गराए ।



उक्त कम्पनी नेपालमा स्थापनाको लागि सहजीकरण गरेका जापानको नागोयास्थित चुबु युनिभरसिटिमा कार्यरत डा. सुदीप अधिकारीका अनुसार उक्त जापनिज कम्पनी यसअघि पनि नेपालमा विभिन्न सामाजिक कार्यमा क्रियाशील रहँदै आइरहेको छ । नेपाल कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको बेला यस सानो सहयोगले पनि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक हदसम्म सघाउ पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीले जापानको यस्तो सहयोगले नेपाल र नेपालीको मन जितेको बताए ।  उक्त जापनिज कम्पनीले नेपालबाट प्रशिक्षार्थी कामदार जापान ल्याई रोजगारी दिइरहेको छ ।

 

सम्बन्धित समाचार