नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् । आफू निकट नेताहरुसहित ओली पनि बूढानिलकण्ठ पुगेका थिए ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुको भेटवार्ता बाक्लो भएको छ । नेता नेपालले कांग्रेस र माओवादी गठबन्धनलाई सघाउने बचन दिइसकेको अवस्थामा आज उनीहरुबीचको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।
