कांग्रेसले बोलायो संसदीय दलको बैठक, ओलीले लिने विश्वासको मत विफल पार्ने रणनीति बनाइने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी ओलीले निले विश्वासको मतका सन्दर्भमा छलफल गर्ने कांग्रेसले शनिबारका लागि संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले जानकारी दिए ।

बानेश्वरस्थित ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बैठक बस्नेछ भने ओली लिने विश्वासको मत विफल पार्ने रणनीति बनाउने बताइएको छ ।



प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाएका छन् ।

सम्बन्धित समाचार