नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ वैशाख ।

साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा आफूनिकट नेताहरुसँग निरन्तर संवाद गरिरहेका छन्। शनिबार बिहान बालुवाटारमै एक चरणको छलफल सकेर प्रधानमन्त्री ओलीले फेरि नेताहरु ईश्वर पोखरेल र विष्णु पौडेलसँग छलफल गरिरहेका छन्।
बिहानको बैठक चलिरहँदा नेताहरु लेखराज भट्ट र प्रदीप ज्ञवाली बिचमै बालुवाटारबाट निस्केका थिए। अहिले ओली, पोखरेल र पौडेलबीच छलफल चलिरहेको छ।
पछिल्लो केही दिनदेखि विकसित राजनीतिक घटनाक्रम हेर्दा आजको आकस्मिक बैठकले कुनै ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ। आज साँझ पाँच बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ।
