राजीनामालाई अनुमोदन गर्न नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

नेकाप एमालेको माधवकुमार नेपाल पक्षले आफ्नो राजीनामालाई लिएर स्थायी कमिटी डाकेको छ। संसद सचिवालयमा सामूहिक या छुट्टाछुट्टै राजीनामा दिने भन्नेबारे टुंगो लगाउने र त्यसमा धेरै भन्दा धेरै सांसदलाई सामेल गराउने प्रयास स्वरुप यो पक्षले स्थायी कमिटी बैठक डाकेको हो।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार यो बैठक भर्चुअल पनि हुन सक्छ। बैठक दिउँसो ३ बजेपछि बस्ने तयारी भएको हो । नेपाल पक्षका प्रत्यक्ष तर्फबाट निर्वाचित कम्तीमा २४ सांसदले राजीनामाको तयारी गरेका छन् । राजीनामाको निर्णय भएपनि भोलि संसद् बैठक शुरु हुनुभन्दा केही समय अगाडि मात्र सो पत्र सभामुखलाई बुझाइने तयारी छ ।



नेपाल पक्षले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तामा निरन्तरता भन्दा राजीनामा दिनु उपयुक्त हुने भन्दै शनिबार राजीनामा दिने निष्कर्ष निकालेको थियो। प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने निर्णय गरेका छन् ।

सम्बन्धित समाचार