महन्थले पनि छाडे ओलीको साथ, देउवालाई भेट्न पुगे बूढानीलकण्ठ

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावबारे निर्णय लिन सोमबार प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु बूढानीलकण्ठ पुगेका छन् ।

सभापति देउवा र जसपा अध्यक्ष ठाकुरबीच आगामी सत्ता समीकरणबारे छलफल हुने जसपाका एक नेताले जानकारी दिए । स्रोतले दिएको जानकारी अनुसार महन्थले ओलीको साथ छोडेका छन् भने देउवाले ल्याउने भनिएको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा सिंगो जसपाले साथ दिने भएको छ ।



नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने चर्चासँगै जसपाको ठाकुर पक्ष देउवासँग नजिकिन थालेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई पक्ष यसअघिदेखि नै विपक्षी गठबन्धनसँग नजिक रहेको थियो।

सम्बन्धित समाचार