संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु,  प्रधान न्यायाधीश पनि उपस्थित

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने बताइएको छ ।

परिषद्को सदस्य विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाले यस अघि नै उपस्थित नहुने बताए पछि बैठक हुने नहुनेमा अन्यौल थियो ।



बैठकमा  सर्बोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएका छन् ।

सम्बन्धित समाचार