प्रधानमन्त्रीले नै राजीनामा दिने भएपछि नेपाल समूह पछि हट्यो

आफूहरुले राजीनामा दिँदा केपी शर्मा ओलीले नै राजीनामा दिने तयारी गरेको थाहा पाएपछि आजको राजीनामा रोकिएको माधवकुमार नेपाल समूहका सांसदहरुले बताएका छन् ।

सांसद मेटमणि चौधरीले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीलाई नियम कानुन केही नलाग्ने भएकाले आजै ठूलो दलको हैसियतमा शपथ ग्रहण गर्ने तयारी गरेकाले पनि आफूहरुले राजीनामा नदिएको बताए ।



उनले आफूहरुको उद्देश्य ओलीको बहिर्गमन भएकाले कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याएको भए सहज हुने बताए ।

सम्बन्धित समाचार