भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट अति घातक: डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘अति घातक’ भएको जनाएको छ । भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लूएचओ आग्रह गरेको छ ।

डब्ल्युएचओकी कोरोना भाइरससम्बन्धी अध्ययन गरिरहेको विभागकी प्रमुख मारिया वेन केरखोवले भारतमा फैलिरहेको बी.१.६१७ भेरियन्ट अत्यधिक संक्रामक रहेकोले यसबाट जोगिन आग्रह गरेकी छन् ।



यो भेरियन्ट पहिलो पटक गत डिसेम्बरको अन्त्यतिर भारतमा पत्ता लागेको उनले जनाएकी छन् ।

सम्बन्धित समाचार