स्थिति झन् भयावह बन्दै, बिमारी डिस्चार्ज गर्न अस्पातालकै अपिल

कोभिड सङ्क्रमित बिमारीका लागि स्थिति यस्तो भयावह बन्दै छ कि अस्पतालहरूमा अक्सिजन सप्लाई रोकिएको बहानामा अस्पताल भर्ना भएका बिमारीहरूलाई समेत सार्वजनिक अपिल गरी अस्पतालबाट निकाल्न लागिएको छ ।

काठमाडौंको गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज, शिक्षण अस्पतालले एक सार्वजनिक अपिल जारी गरी अस्पतालमा वैशाख २८ गते ४ बजेपछि अक्सिजन समाप्त हुने भएकोले बिमारीलाई आ–आफ्नो व्यवस्था गर्न भनिएको छ ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार ३ सय १७ तथा मृत्यु हुनेको सङ्ख्या २ सय २५ रहेको बताइरहँदा नेपाल मेडिकल कलेज, शिक्षण अस्पतालले यस्तो सूचना जारी गरेको हो ।

 

 

सम्बन्धित समाचार