एमाले स्थायी कमिटी बैठक सम्पन्न, माधव नेपालसहित चार नेताको निलम्बन फुकुवा

नेकपा एमालेले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटीको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।



त्यस्तै आजको बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायतका कुरा गर्न पार्टी अध्यक्ष केपी ओलीलाई दिने निर्णय गरेको छ ।

सम्बन्धित समाचार