ठाकुर र महतो बालुवाटारमा, यादव बूढानीलकण्ठमा

जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका नेताहरुलाई छुट्टाछुट्टै भेट गरेका छन् । नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।

यस्तै अध्यक्ष उपेन्द्र यादव प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । ठाकुर र महतो केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् ।



विपक्षी गठबन्धनले सरकारमा दाबी नगर्ने निर्णयपछि ओलीसँग छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार पुगेका हुन् । राष्ट्रपतिले बहुमतका लागि दिएको समयसीमा आज सकिँदै गर्दा नेताहरुको भेटघाट तीव्र भएको छ ।

पार्टीभित्रको आन्तरिक विवादले गर्दा जसपा दुईतिर देखिएको छ । बिहान मात्रै ठाकुर र महतोले कांग्रेस सभापति देउवालाई भेटेका थिए ।

सम्बन्धित समाचार