कोभिड संकटविरुद्ध रणनीति बनाउन प्रधानमन्त्री निवासमा सर्वपक्षीय बैठक

कोरोना भाइरसको संक्रमण नियन्त्रणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल शुरु गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार सरकारका सबै मन्त्रीसहित स्वास्थ्य क्षेत्रका विज्ञ र अक्सिजन उत्पादक (उद्योगी)हरुसँग छलफलका लागि सर्वपक्षीय संयुक्त बैठक बोलाएका हुन्।

कोरोना नियन्त्रणका लागि अझ प्रभावकारी योजना निर्माणका लागि भन्दै सरोकारवालासँग छलफल आयोजना गरिएको प्रधानमन्त्री ओलीका सचिवालयले जानकारी दिएको छ।



प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा सरकारका सबै मन्त्री, स्वास्थ्य क्षेत्रका विज्ञ, निजी अस्पताल सञ्चालक, अक्सिजन उत्पादक ९उद्योगी० र उच्च तहका सरकारी कर्मचारीहरु सहभागी रहेका जनाइएको छ।

सम्बन्धित समाचार