ओलीलाई मध्यरातमा भेटेको स्विकारे बाबुरामले, ‘उहाँले नमानेपछि अरूलाई नभनेको हुँ’

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि गरेका छन्। बाबुरामले प्रधानमन्त्री पद माग्दै पटकपटक ओलीसँग रातिराति भेट गरेको प्राइम टेलिभिजनको अन्तर्वार्तामा महेश बस्नेतले दाबी गरेका थिए।

त्यसपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले आज ट्विटमार्फत आफूले ओलीसँग भेट गरेको बताएका छन्।



‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो,’ बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘मैले वर्तमान र पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ। सोचौं!’

सम्बन्धित समाचार