कांग्रेसले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।



बैठकले महाधिवेशनको तयारी र प्रधानमन्त्रीले फेरि लिन लागेको विश्वासको मतमा असफल बनाउने रणनीति तय गर्ने बताइएको छ ।

सम्बन्धित समाचार