आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ । पुस ७ यता बस्न नसकेको जसपा कार्यकारिणी समिति बैठक ६ महिनापछि यही जेठ ८ र ९ गते बस्न लागेको हो ।

सरकारसँगको सहकार्यका विषयको विवादमा फूटको नजिक पुगेको जसपाका दुई अध्यक्षबीच आजै समझदारी भएको थियो । आजै ओली सरकारमा सहभागी नहुने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णयमा पार्टीका दुइ अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र महतोले हस्ताक्षर गरेका थिए ।



त्यही समझदारीअनुसार दुई अध्यक्षको सहमतिमा कार्यकारिणी समितिको बैठक राख्ने उल्लेख थियो । त्यही सहमतिका आधारमा अध्यक्ष ठाकुरले यही जेठ ८ र ९ गतेका लागि बैठक डाकेका हुन् ।

सम्बन्धित समाचार