
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समयसीमा सकिएको छ । उनले दिएको समयसीमाभित्र केपी शर्मा ओलीले १५३ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् भने विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।
राष्ट्रपतिलाई भेटेर हस्ताक्षरसहितको दाबी बुझाइएको नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रपतिले सांसदहरुको हस्ताक्षरसहितको पत्र बुझेर दर्ता गर्न निर्देशन दिएकी थिइन् ।
देउवाले आफ्नो दाबी पेस गर्दै संविधान बमोजिम अघि बढ्न आग्रह गरेका थिए ।

