
सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुवै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।
बैठकले संसद भंग गरी मध्यावधि चुनाव घोषणा गर्न सिफारिस गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार चुनाव दुई चरणमा हुनेछ । पहिलो चरण कात्तिक २६ र दोस्रो चरणको चुनाव मंसिर ३ गते तोक्न सिफारिश गरिएको छ ।
हिजो विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ जनाको र प्रधानमन्त्री ओलीले १५३ जनाको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

