
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। शनिबार आफ्नो सरकारी निवास बालुवाटारमा आयोगका पदाधिकारीलाई बोलाएर निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।
भेटमा प्रधानमन्त्री ओलीले निर्वाचन अपरिहार्य भएकाले मुलुक निर्वाचनतर्फ अघि बढेको स्पष्ट गरेका उनका प्रेस सहयोगी सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्ने घोषणा गरेका छन्।

