
नेकपा एमालेका नेता शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध व्यंग्य गरेका छन्।
पुनः प्रतिनिधि सभा विघटन गरेपछि आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध असुहाउँदो आरोप लगाएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले देउवा, प्रचण्ड र यादवविरुद्ध कटाक्ष गरेका हुन्।
शनिबार साँझ सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले व्यंग्य गरेका छन्, ‘देउवाजीले प्रतिगमनको, प्रचण्डजीले तानाशाहको र उपेन्द्रजीले संविधान कुल्चेको आरोप प्रधानमन्त्रीमाथि लगाउँदा कस्तो कस्तो लाग्ने…’

