
जनता समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता प्राप्तिका लागि र्याल चुहाएको भन्दै आफ्नै दलका नेताप्रति कटाक्ष गरेका छन् ।
डा भट्टराईले इतिहासमा पहिलोपटक मधेसी प्रधानमन्त्री बन्ने सम्भावना बढेका बेला केही नेताले मन्त्री पद मागेर त्यसलाई गुमाएको भन्दै नेताप्रति कटाक्ष गरेका हुन् । उनले उदाहरणका रुपमा एउटा ठट्टा पनि लेखेका छन् ।
भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘इतिहासमा पहिलोपटक मधेसी प्रम बन्ने सम्भावना बढेको बेला त्यसलाई लत्याएर पुरानै सत्ताधारीसँग मन्त्री माग्न तम्सिएका केही नेताबारे एक मधेसी मित्रले गरेको ठट्टा– एउटा भिखारीले चिट्ठा किनेछ । अर्कोले सोधेछ–एक करोड पाए के गर्छस्– गाडी किन्छु । गाडीले के गर्छस्– गाडी चढेर माग्न जान्छु !’

