कांग्रेस प्रचण्डपथमा लागेको ओलीको आरोपपछि विश्वप्रकाशले दिए यस्तो प्रतिक्रिया

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दललाई प्रचण्डपथमा लागेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसमाथि टिप्पणी गरेका छन्। कांग्रेस प्रवक्ता शर्माले आज बिहान ट्वीटमार्फत ओलीको आरोपमाथि टिप्पणी गरेका हुन्।

एमाले अध्यक्षसेमत रहेका ओलीले आइतवार सरकारी निवास बालुवाटारमा माओवादीको त्यस्तो चरित्रमा लोकतान्त्रिक शक्ति मानिने कांग्रेस पनि सामेल भएको आरोप लगाएका थिए। ‘जनताको मतबाट शासन प्राप्त गर्ने वा सरकार बनाउने लोकतान्त्रिक बाटो हुनुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने मान्यता छोडेर लोकतान्त्रिक भन्नेहरुको पार्टी प्रचण्ड पथमा गयो। कब्जाको बाटोमा गयो,’ ओलीले भनेका थिए।



जवाफमा कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, ‘ताज्जुब लाग्छ, तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ! हिजो प्रचण्डसँग पार्टीकै ञएकताझ निकै गौरवसँग गर्नुभएको थियो। आज मुद्दामा मात्रै कांग्रेसको कुरा प्रचण्डसँग मिल्दा, ए – प्रचण्डपथमा पो लाग्यो ? सौ चुहे खा के बिल्लि चलि हज कोझ भन्ने कहावत यहाँकै लागि रहेछ नि प्रधानमन्त्रीज्यु!’

सम्बन्धित समाचार