सर्वोच्च अदालत गएका देउवा र नेपाललाई बाँस्कोटाको यस्तो व्यंग्य

नेकपा एमालेका ओलीनिकट नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई व्यंग्य गरेका छन्।

प्रतिनिधि सभा विघटन बदर गर्न तथा १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिन माग गर्दै सोमबार देउवाको नेतृत्वमा एमालेको माधव नेपालपक्षसमेत ५ दलले सर्वोच्च अदालतमा मुद्दा हालेका छन्।



त्यस क्रममा १४६ सांसद हस्ताक्षरका लागि सर्वोच्च अदालतमा लामबद्ध भएका थिए। यसै विषयमा पूर्वसञ्चारमन्त्रीसमेत रहेका एमाले नेता बाँस्कोटाले नेता नेपालाई दरबारमा निवेदन हाल्न जाने र देउवालाई दरबारमा प्रजातन्त्रै बुझाउन जाने लोकतन्त्रका दुई हस्ती भनेर कटाक्ष गरेका हुन्।

‘सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुई हस्ती (दरबारमा निवेदन हाल्ने र दरबारमै प्रजातन्त्र बुझाउने) अदालत गएछन्,’ बाँस्कोटाले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘बहुदलमा निर्दलको माग!’

सम्बन्धित समाचार