भीम रावलले हटाए नागरिकता बाँडिएको भनेर गरेको ट्विट

नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धि ट्विट हटाएका छन् । रावलले मंगलबार विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको भन्दै ट्विट गरेका थिए । उनले नागरिकता विधेयकसम्बन्धि विधेयकप्रति लक्षित गर्दै चकलेट बाँडेजसरी नागरिकता बाँडेको आरोप लगाएका थिए ।

तर, जिल्ला प्रशासन कार्यालयले भिडभाड नगर्नूभन्ने विज्ञप्ति मंगलबार नै जारी गरेको छ । जिल्ला प्रशासनको विज्ञप्तिपछि रावलले ट्विट डिलिट गरेका हुन् ।



“विरगंजमा नागरिकता लिनेको भीड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रम ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई हो की? नेपाली जनतालाई जवाफ चाहियो सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जेगाउन सक्रिय बनौं,” उनले भनेका थिए ।

 

सम्बन्धित समाचार