नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ जेठ ।

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेका ६ वटा रिट पेशीमा चढेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासमा रिट निवेदन पेशीमा चढेको हो। पुनर्गठन विरुद्ध वरिष्ठ अधिवक्त दिनेश त्रिपाठी, अधिवक्ताहरु राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कंचनकृष्ण न्यौपाने र वीरेन्द्र प्रसाद शाहले राष्ट्रपतिको कार्यालय शीतल निवाससमेतलाई विपक्षी बनाई रिट दायर गरेका छन्।
रिटमा कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पाउने अधिकार नभएकाले बदर गर्न माग गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार जसपाबाट १० जना र एमालेबाट ६ जना गरी १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
पुनर्गठित मन्त्रिपरिषदका उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको बहुल राज्य अभिव्यक्तिलाई लिएर बर्खास्तीको माग गर्दै छुट्टै रिट सर्वोच्चमा परेको छ।

