सुदूपश्चिमका मुख्यमन्त्री भट्टको पक्षमा मत दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले पनि सुदूपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा मत दिने भएको छ। मंगलबार बिहान बसेको संसदीय दलको बैठकले भट्टको पक्षमा मत दिने निर्णय गरेको हो। भट्टको पक्षमा बहुमत पुर्याउने निर्णय भएको कांग्रेसले जनाएको छ।

केन्द्रको गठबन्धन अनुसार नै माओवादी केन्द्रलाई सघाउने पक्षमा कांग्रेस पुगेको छ। कांग्रेसका प्रदेश सभामा १३ सांसद छन्।



मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदैछन्। यसअघि, एमाले संसदीय दलमा बहुमतको आधारमा भट्टलाई मत दिने निर्णय गरिएको थियो।

सम्बन्धित समाचार