राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सरकारले गरेको कामकाजबारे राष्ट्रपतिलाई जानकारी गराउनु तथा समसामयिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शीतलनिवास पुगेको बताइन्छ ।

पछिल्लो समय नेपालको राजनीति पेचिलो बन्दैगएकाबेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्नु, भेटघाट गर्नु लाई अर्थपूर्ण मानिएको छ ।



पछिल्लो समय मन्त्रिपरिषद् विस्तारको क्रममा रहेका प्रधानमन्त्रीले यसविषयमा पनि छलफल भएको बुझिएको छ । राष्ट्रपतिनिकट केही नेताहरुले मन्त्रीमा आकांक्षा राखेपछि मन्त्री छान्न शकस भएको बताइन्छ ।

सम्बन्धित समाचार