प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, को-को बने मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । आठ वटा मन्त्रालय आफूसँगै राखेका ओलीले आज अपराह्न मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ । ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।



स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्रीमा खगराज अधिकारी गृहमन्त्री, नारदमुनी राना वनमन्त्री,मोहन वाँनिया विनाविभागीय मन्त्री र नैनकला थापा  सन्चारमन्त्री रहेका छन् । नैनकला पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

ज्वालाकुमारी साह कृषी मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा नियुक्त गरिएको छ । उनीहरुको शपथ ४ बजेका लागि तय भएको बालुवाटार स्रोतले बतायो ।

सम्बन्धित समाचार