नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले यसबीच दीपक मनाङेलाई भेटेको स्वीकार गर्दै उनी मन्त्री बनेकामा पूर्वाग्रह नराख्न अनुरोध गरेका छन्। राजीव गुरुङ (दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यस क्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न।
मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाजरराज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अत: अपराधरअपराधी एक सापेक्ष अवधारणा हो।
मैले २०५९-०६० सालको दोस्रो वार्ताकालमा देशका विभिन्न जेलरबन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ– नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्। अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्। त्यही सोचका साथ आफू प्रम छँदा मैले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुन सकेको छैन।
रत्नाकर वाल्मीकि बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरुङले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन वञ्चित गर्नेरु किन पूर्वाग्रह राख्ने ?
