सर्वोच्चलाई सभामुखको जवाफ-विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधि सभा मात्र हो

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी गर्ने व्यक्तिले विश्वासको मत प्राप्त गर्न सक्नेरनसक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधि सभा मात्र भएको बताएका छन्।

प्रतिनिधि सभाका १४९ जना सदस्यको समर्थनसहित धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न शेरबहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिधि सभा मात्र भएको उनले स्मरण गराएका हुन्। सभामुख सापकोटाको सर्वोच्च अदालतलाई विहीबार जवाफ दिँदै सो कुरा बताएका हुन्।



‘राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार धारा ७६ (५) तथा धारा ६६ ले दिएको अवस्था समेत छैन तसर्थ पनि राष्ट्रपतिज्यूको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको छ’, उनको भनाइ छ।

सभामुख सापकोटाले राष्ट्रपतिले नयाँ सरकारको दाबी गर्न २४ घण्टाको समय दिएकोमा प्रश्न उठाएका छन्।

सम्बन्धित समाचार