भोलिदेखि उपत्यकामा सरकारी कार्यालयले सेवा दिने

मंगलबारदेखि उपत्यकामा सरकारी कार्यालयहरू खुल्ने भएका छन् । निषेधाज्ञा खुुकलो बनाउदै सरकारी कार्यालय पनि सञ्चालन गर्ने निर्णय तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेका हुन् ।

प्रशासन कार्यालयको आदेशमा भनिएको छ ‘विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डको पालना हुने व्यवस्था मिलाई आलो पालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति मात्र प्रयोग गरी सेवा सुचारु गर्ने ।’



जसअनुसार जिल्ला प्रशासन, मालपोत, नापी, यातायात, वैदेशिक रोजगार, महानगरपालिका लगायतका कार्यालयहरु खुल्नेछन् । लामो समयदेखि सार्वजनिक सेवा बन्द रहेकाले सुचारु गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालि प्रसाद पराजुलीले बताए ।

दैनिक कति र कसरी सेवाग्राहीलाई सेवा सम्बन्धित कार्यालयले मापदण्ड बनाउनेछन् । अदालतको हकमा छुट्टै निर्णय हुनुपर्छ । सर्वोच्च अदालतले सेवा विस्तार गरेपनि जिल्ला, उच्च र बिशेष अदालतले सेवा संकुचित नै गरेका छन् । मंगलबारदेखि जोर–बिजोर प्रणालीमा निजी सवारी साधन र ट्याक्सी चलाउन दिने तथा बारका आधारमा पसलहरु सञ्चालन गर्न दिने प्रशासन कार्यालयले गरेको छ ।

सम्बन्धित समाचार