मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, के होला नयाँ मन्त्रीको भविष्य ?

सर्वोच्च अदालतमा आज मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा सुनुवाइ हुने भएको हो ।

गत जेठ ६ गते सर्वोच्च अदालतले सांसदबाट रिक्त भएका ६ जना मन्त्रीको पद खारेज गरी कामरकारबाहीमा रोक लगाएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले चुनावी सरकारको विस्तार भन्दै जेठ २१ र २८ मा पुनः मन्त्रिपरिषद् विस्तार गरेका थिए ।



वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने र नपर्ने सन्दर्भमा विपक्षीसहित आज छलफल गर्दैछ । कामचलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार नहुने भन्दै जेठ २१ गतेको मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट दायर गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीले २८ गतेको मन्त्रिपरिषद् विस्तारविरुद्ध पुनः पूरक निवेदन पेस गरेका थिए ।

सम्बन्धित समाचार