माओवादी केन्द्रले कारबाही गरेपछि यी १४ जनप्रतिनिधिको स्थान खाली

आफ्नो दल त्यागेर नेकपा एमालेमा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि देशका विभिन्न स्थानीय तहका १४ जनप्रतिनिधिको पद खाली बनेका छन्।

निर्वाचन आयोगले आज सूचना जारी गरी रौतहटमा ७, कैलालीमा ४ तथा सिरहा, ओखलढुंगा र महोत्तरीमा एक–एक जनप्रतिनिधि रिक्त रहेको जानकारी दिएको हो।



यही असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकबाट उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगलाई दिइएको थियो।

यी हुन्, कारबाहीमा परी हटेका जनप्रतिनिधि, जुन स्थान रिक्त भए :

१‍. प्रमुख रिनाकुमारी साह, मौलापुर नपा, रौतहट

२. प्रमुख सियाराम कुशवाहा कटहरिया नपा, रौतहट

३. उप्रमुख परनियादेवी, देवाही गोनाही नपा, रौतहट

४. उप्रमुख गौरिशंकर प्रसाद, मैलापुर नपा, रौतहट

५. उप्रमुख कान्तिदेवी फतुवाविजयपुर नपा, रौतहट

६. उपप्रमुख सिमल कुमारी साह, माधवनारायण नपा, रौतहट

७. उपाध्यक्ष गीतादेवी साह, यमुनामाई गापा, रौतहट

८. नगर कापा सदस्य सतमीलाल दास, ताती लहान नपा, सिरहा

९. अध्यक्ष शेष फारुक सम्सी गापा, महोत्तरी

१०. उपप्रमुख छायादेवी देवकोटा भजनी नपा, कैलाली

११. वडाध्यक्ष भागिरथी विष्ट गौरीगंगा, नपा–४, कैलाली

१२. वडाध्यक्ष शर्मानन्द भट्ट, गोदावरी नपा–१, कैलाली

१३. वडाध्यक्ष पुरन बीसी, बर्दगोरिया नपा–४, कैलाली

१४. वडाध्यक्ष सुरेशकुमार थापा, चम्पादेवी गापा–७, ओखलढुंगा

सम्बन्धित समाचार