नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असार ।
नेपाल चम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय रोजगारदाता परिषद् गठन गरिएको छ ।
नवगठित परिषद्मा रणबहादुर श्रेष्ठ तथा वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेद्वय सल्लाहकारमा, विनायक शाह तथा मोहन कटुवालद्वय सह–सभापतिमा तथा वीरेन्द्रनाथ भट्टराई, सैबल घोष, नितिन जलन, रोजन कर्माचार्या सदस्य रहेका छन् ।
निर्वाचित सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष कमलेशकुमार अग्रवालको समउपस्थितिमा प्रमाणपत्र वितरण गरिएको थियो ।
नवगठित रोजगारदाता परिषद्ले उद्योगी तथा व्यवसायीहरूलाई समेटेर अगाडि बढ्ने जनाएको छ ।