संसद् विघटन सम्बन्धी मुद्दा खारेज गर्नुपर्ने महान्यायाधिवक्ताको तर्क

महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा किन संवैधानिक इजलासमा राखियो भनेर प्रश्न गरेका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले यस्तो प्रश्न उठाएका हुन्।

उनले अदालतलाई झुक्काउने गरि निवेदन आएकोले खारेज हुनुपर्ने तर्क गरे। ‘प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भयो भन्न यो निवेदन संवैधानिक भए नभएको टुंगोमा पुग्नु पर्छ। निवेदन नै अदालतलाई झुक्याउने गरी आएको छ’, उनले भने।



उनले संविधानसँग बाझिएको वा संवैधानिक इजलासले तोकेका कुन मुद्दा अन्तर्गत आएको हो भन्दै अदालतलाई गुमराहमा राख्ने भएको बताए। ‘प्रधानन्यायाधीशले तोकेर समेत यो मुद्दा आएन। १३७ को ३ अनुसार संवैधानिक इजलासमा आएको छैन। राष्ट्रपति र प्रधानमन्त्रीले संविधान पालना भएन भनेर आउँदा यो मुद्दा संवैधानिक रुपमा आएको छ कि छैन भन्ने टुंगोमा पुग्न पर्दैन ?’, बडालले प्रश्न गरे।

सम्बन्धित समाचार