अब नेपाल पक्ष जेठ २ कै हैसियतमा बैठकमा सहभागिता जनाउन सक्नेछन्ः विष्णु पौडेल

नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णु पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

अर्थमन्त्री पौडेलले नेकपा एमालेले २०७५ जेठ २ गते अघि रहेको पार्टी केन्द्रीय कमिटी व्युताएको अवस्थामा सबै नेताहरु तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्नु पूर्वको हैसियतमा बैठकमा सहभागी हुनसक्ने बताए । मन्त्री पौडेलले माधव नेपाल पक्षीय नेताहरु बैठकमा नआउनु अनुचित हुने पनि बताए ।



अर्थमन्त्री पौडेलले पार्टीको अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगिसकेको उल्लेख गर्दै अन्तरविरोधहरुलाई पार्टीको दायरामा फर्काउनुपर्ने बताए । पार्टी भित्रै बसेर समस्याको समाधान गर्नुपर्ने र पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा उनको जोड थियो

सम्बन्धित समाचार