जेठ २ मा फर्किए पनि मूल्यको राजनीति त्यागिँदैनः माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जुनसुकै अवस्थामा पनि मूल्यको राजनीति नत्यागिने बताएका छन्। विपक्षी गठबन्धनले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किए पनि मूल्यको राजनीतिबाट पछि नहट्ने बताएका हुन्।

कार्यक्रमका सहभागीले एमाले जेठ २ मा फर्किँदा नेता नेपालको कदमबारे प्रश्न उठाएपछि उनले भने, ‘यहाँ जेठ २ को कुरा आएको छ, जे-जे भएपनि मूल्यको राजनीति त्यागिँदैन म यत्ति भन्न चाहन्छु।’



राष्ट्र, जनता र समाजको परिवर्तनसँग जोडिएको मान्यता कुनै हालतमा नछाडिने उनको भनाइ थियो । उनले नेपालको व्यवस्था नै खतराउन्मुख रहेको भन्दै अहिलेको लडाइँ ओली प्रवृत्तिविरुद्ध रहेको पनि बताए।

सम्बन्धित समाचार