युरोकपमा कसले जित्ला गोल्डेन बुट ? यी हुन् दाबेदार

जारी युरोकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । क्वाटरफाइनलमा बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले स्थान बनाएका छन् । तर गोल्डेनबुटमा भने अन्तिम १६ बाट बाहिरिएका टिमका खेलाडीको पनि दाबेदारी छ ।

४४ खेल सकिँदा कुल १ सय २३ गोल भएको छ । यस संस्करण गोल्डेन बुटको दाबेदारको शीर्ष स्थानमा क्रिस्टियानो रोनाल्डो रहेका छन् । पोर्चुगिज कप्तान रोनाल्डोले ४ खेलमा ५ गोल गर्दै अवार्डको मुख्य दाबेदारी पेस गरेका छन् ।



रोनाल्डोलाई चेक गणतन्त्रका प्याट्रिक शिकले पछ्याईरहेका छन् । उनले ४ गोल गरेका छन् । उनलाई रोनाल्डोलाई पछि पार्ने मौका रहेको छ । यस्तै बेल्जियमका रोमेलु लुकाकु, स्वीट्जरल्यान्डका हरिस सेफेरोभिच र इंग्ल्यान्डका रहिम स्ट्रर्लिङ पनि गोल्डेन बुटको दौडमा रहेका छन् । उनीहरुले ३ गोल गरेका छन् ।

फ्रान्सका करिम बेन्जिमा, स्वीडेनका इमिल फोर्सवर्गले ४ गोल गरे पनि गोल्डेन बुटको दौडबाट बाहिरिएका छन् ।

यी हुन् धेरै गोल गर्ने खेलाडी

१. क्रिस्टियानो रोनाल्डो – ५

२. प्याट्रिक शिक – ४

३. रोमेलु लुकाकु – ३

४. रहिम स्ट्रर्लिङ – ३

५ . हरिस सेफेरोभिच- ३

सम्बन्धित समाचार