नेपाल पक्ष बैठकमा सहभागी नहुने भएपछि दोस्रो तहका नेताहरु फेरि जुटे छलफलमा

माधव नेपाल पक्षलाई शुक्रबारको बैठकमा सहभागी गराउन नेकपा एमालेका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । विहीबार साँझ साढे ६ बजेदेखि ललितपुस्थित समिट होटेलमा नेताहरूबीच छलफल सुरु भएको छ । तर, आज बसेको खनाल-नेपाल समूहको स्थायी कमिटी बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरिसकेको छ ।

छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् । नेता माधव नेपाल पक्षबाट घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे सहभागी रहेको स्रोतले जनाएको छ ।



एमालेले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई भङ्ग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गरेको छ । रूपान्तरित कमिटीको बैठक शुक्रबार बोलाइएको छ ।

सम्बन्धित समाचार