एमालेको महाधिवेशन बैशाखभित्र गर्ने प्रस्ताव

नेकपा एमालेले आगामी बैशाखभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेको हो। बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा महासचिव महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

असार मसान्त भित्र सदस्यता नवीकरण गर्ने, केन्द्रीय विभागलाई पूर्णता दिने, साउन ५ गते सम्म केन्द्रमा सदस्यता विवरण पठाउने, साउन २५ गते विधान सम्मेलन गर्ने प्रस्ताव पेस भएको छ।



यस्तै भदौ ५ गते वडा अधिवेशन, १५ गते पालिकाको अधिवेशन गर्ने प्रस्ताव पेस गरिएको छ। निर्वाचनको व्यवस्थित तयारी गर्ने, निर्वाचनको मिति र अधिवेशन नजुध्ने गरी लाग्ने निर्णय बैठकले गरेको छ।

सम्बन्धित समाचार