राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज बस्दै छ । आठौँ अधिवेशनको दोस्रो बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६-०७७’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७-०७८ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।



यही असार १७ गते आठौँ अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यस दिन केही अध्यादेशहरू सभासमक्ष पेस गरिएको थियो । केही सदस्यहरुले बोलेका थिए ।

सम्बन्धित समाचार