माधव नेपालले ओलीलाई भेट्न नमानेपछि शंकर पोखरेलले दिए यस्तो प्रतिक्रिया

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले असन्तुष्ट वरिष्ठ नेता माधव नेपाललाई मनाउने प्रयास जारी राखेको छ। खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति माग गर्दै सर्वोच्च अदालतमा हालिएको रिट निवेदनमा नेपाल पक्षका सांसदले गरेका हस्ताक्षर फिर्ता नहुँदा ओली पक्ष चिन्तामा छ। यो फिर्ता गराउन ओली पक्षका नेताहरूले माधव नेपाललाई अनुरोध गरिरहेका छन्।

तर वरिष्ठ नेता नेपाल त्यो अदालती प्रक्रियामा गइसकेकाले फिर्ता गर्न नमिल्ने बताइरहेका छन्। यसै सन्दर्भमा ओली पक्षका एकपछि अर्का नेताले प्रतिक्रिया व्यक्त गरिरहेका छन्। लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका ओली पक्षीय नेता शंकर पोखरेलले आफूहरूले गरिरहेको प्रयास माधव नेपाललाई विपक्षी गठबन्धनको सदस्य बनाउन होइन, एमालेको नेता बनाउन हो भनेर व्यंग्य गरेका छन्।



पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विपक्षी गठबन्धनको अध्यक्ष मण्डलको सदस्य होइन, नेकपा एमालेको नेताका रूपमा माधव कमरेडलाई देख्न चाहनेहरूको प्रयास हो, एकताको प्रयास।’

सम्बन्धित समाचार